News

Nov 12, 2010

देउसीभैलोबाट मावि सञ्चालन गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(रुकुम), देउसीभैलोबाट संकलन भएको रकमले मावि सञ्चालन गर्ने जिल्लामा रहेको एक निम्न माध्यामिक विद्यालयले निर्णय गरेको छ। जिल्लाको अर्मा गाविसमा क्रियाशील जनसेवा युवा क्लबले देउसीभैलोबाट संकलन गरेको दुई लाख २७ हजार आठ सय पचास रुपिया मावि साचालन गर्न भन्दै विद्यालयलाई हस्तान्तरण गरेको छ। जनकल्याण निम्न माध्यामिक विद्यालय अर्मा बागखोर रुकुमलाई सो क्लबले देउसीभैलोबाट संकलन गरेको उक्त रकम हस्तानतरण गरेको क्लबका सदस्य प्रेमप्रकाश ओलीले बताउनुभयो। क्लबले यही कात्तिक १७ देखि २० गतेसम्म खेलेको देउसीभैलोबाट उक्त रकम संकलन गरेको थियो। क्लबका सदस्य प्रेमप्रकाश ओलीले भने जनकल्याण निमाविलाई मावि बनाउने भनेको धेरै भयो तर आर्थिक स्रोत थिएन। यस पटक देउसी खेलेर भएपनि रकम संकलन गर्नुपर्छ भनेका थियौं सोचेभन्दा बढी भयो। ओलीका अनुसार देउसीबाट यति धेरै रकम संकलन होला भन्ने क्लबले सोचेको थिएन। अर्मा गाविसलगायत छिमेकी गाविसहरु छिबांग पेउघा र नुवाकोटमा देउसी खेलेको सो क्लबले बताएको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरी जनकल्याण निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञबहादुर ओलीलाई क्लबका अध्यक्ष डण्डवीर डिसीले हस्तान्तरण गर्नुभएको हो। उक्त विद्याललयमा हाल ४ जना स्थायी १ जना राहत र १ जना निजी गरी ६ जना शिक्षक कार्यरत छन्। देउसीभैलोबाट संकलन भएको रकम हस्तान्तरण कार्यक्रममा सबैभन्दा बढी रकम दिने अर्मा गाविस-६ का शशिराम ओलीलाई सम्मानसमेत गरिएको थियो। क्लबका अध्यक्ष डण्डवीर डिसीले शशिरामलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो। शशिराम ओलीले १३ हजार आठ सय पचास रुपियाँ उक्त जनसेवा युवा क्लबलाई देउसीभैलोमा दक्षिणा स्वरुप दिएका थिए। जनकल्याण निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर डाँगीका अनुसार यो निर्णय क्लबले मात्र गरेको हो।

No comments: