News

Nov 22, 2010

तीनदलीय रजाइँका विरुद्ध सातदलीय गठबन्धन तयारी गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ्
मंसिर ५, २०६७/संविधान सभामा रहेका तीन दलीय रजाइँ र अराजकताका विरुद्ध साना-उदाउँदा दलहरुले सात दलीय गठबन्धनको तयारी गर्दै मंसिर ५ गते आइतबार सात दलका प्रतिनिधि नेता तथा सभासदहरुले राष्ट्रपति डा. रामवरण यादवलाई राष्ट्रपति निवासमा भेटी सात दलीय गठबन्धनको धारणा र औचित्य बारे जानकारी गराएका छन् । संविधान सभामा रहेका दलहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, नेकपा एकीकृत, सदभावना पार्टी [आनन्दीदेवी], नेकपा माले [समाजवादी[ र नेपाली जनता दल सम्मिलित गठबन्धनले शान्ति प्रक्रिया संविधान निर्माण संघीयता र गणतन्त्रका निम्ति सदनमा सशक्त भूमिका खेल्ने बताइएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिम, राष्ट्रिय जनमुक्ति पार्टीका सचिवालय सदस्य खिलधोज थापा, नेकपा एकीकृतका ऋषि कट्टेल र सभासद परि थापा, सदभावना पार्टी [आनन्दीदेवी]का सभासद सरिता गिरी, नेकपा माले [समाजवादी]का तिलकबहादुर थापा मगर र सभासद विष्णुराज अर्याल, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. केशवमान शाक्य र सभासद बुद्ध सायमी र नेपाली जनता दलका सभासद गायत्री शाहले आइतवार साँझ राष्ट्रपति यादवलाई राष्ट्रपति निवासमा भेटी हालको शान्ति प्रक्रिया, संविधान निर्माण र बजेट बारे गठबन्धनको धारणा र चासो राखेका हुन् । उक्त भेटमा राष्ट्रपति डा. रामवरण यादवले मुलुकको समसामयिक राजनीतिक स्थितिबारे चिन्ता व्यक्त गर्दै हालै संसदमा भएको बजेट पेश गराइको प्प्रक्रियामा संविधान संशोधन गरेरै बजेट ल्याएको बारे आफू पनि पूर्ण सहमत नरहेको बताएका थिए । साथै, सरकारले एकतर्फी बलजफ्ती रुपमा बजेट ल्याएकोमा राष्ट्रपति यादवले केही असन्तुष्टीसमेत जनाए । यसैगरी, बजेट पेश गर्न नपाएपछि एकतर्फी रुपलेसरकारले गरेको सदन स्थगनप्रति पनि राष्ट्रपतिले आफू सहमत नभएको धारणा व्यक्त गरेको कुरा भेटमा सम्मिलित संघीय मञ्चका महासचिव खगेन्द्र माखिमले जानकारी दिए । यो सातदलीय गठबन्धनले अब केही दिनमै आफ्नो गठबन्धनको औपचारिक घोषणा तथा सार्वजनिकीकरण गर्ने कार्यक्रमसमेत रहेको छ ।

No comments: