News

Nov 4, 2010

विदेशी हस्तक्षेपक बढ्योः माओवादी अध्यक्ष प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुर,एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेपका कारण देशमा प्रधानमन्त्री चयन गर्न चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।दीपावली तथा नेपाल सम्वत् ११३१ को उपलक्षमा एनेकपा (माओवादी) ८ नं. क्षेत्रीय कमिटीले आज च्यासलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाललाई वैदेशिक हस्तक्षेपबाट मुक्त बनाएर आफ्नो देशको प्रधानमन्त्री आफैंले छान्ने वातावरण बनाइनुपर्नेर् बताउनुभयो ।उहाँले मुलुकमा जनताको ठूलो बलिदानपछि आएको परिवर्तनलाई संस्थागत हुन नदिन विभिन्न तत्वले षडयन्त्र गरिरहेको टिप्पणी गर्दै त्यसतर्फ आम नेपाली जनता सजग हुनुपर्ने खाँचो औंल्याउनुभयो ।सो अवसरमा कम्युनिस्ट आन्दोलनमा स्थापनाकालदेखि सक्रिय भइ ८० वर्ष नाघेका विभिन्न व्यक्तित्वलाई अभिनन्दन गरिएको थियो ।

No comments: