News

Nov 6, 2010

सिक्किमको रणनीति धार्मिक पर्यटनको विकास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नाम्ची, सिक्किम, भारतको पहाडी राज्य सिक्किमले धार्मिक पर्यटनको विकासका लागि करोडौ रुपियाँ लगानी गर्न थालेको छ। पर्यटकका लागि उत्तम मानिने सिक्किमको आयस्रोतलाई अझै मजवुत बनाउन यहाँको राज्य सरकारले राज्यका विभिन्न क्षेत्रमा धार्मिक सम्पदाको निमार्ण तथा पुनःनिमार्ण्र्को कामलाई तीव्रता दिएको छ। वाषिर्क लाखौं पर्यटक भित्र्याउने लक्ष्य राखेको सिक्किम सरकारले पछिल्लोपटक दक्षिण सिक्किममा रहेको आसाङथाङ क्षेत्रमा निमार्ण एको सिरडी साइबाबा मन्दिरको सिक्किम सरकारका मुख्यमन्त्री पवन चाम्लिङले उद्घाटन गर्नुभएको छ। कलात्मक शैलीको उक्त मन्दिर निमार्णको लागि २० करोड भारतीय रुपियाँ खर्च भएको मन्दिरका डिजाइनर तथा सिक्किम सरकारका पूवसचिव किरण रसाइलीले जानकारी दिनुभयो। मन्दिरका परिकल्पनाकार रसाइलीका अनुसार १० वर्षघि देखिको सपनालाई तीन वर्षो अथक परिश्रमबाट सफल बनाउन सकिएको हो।

No comments: