News

Nov 4, 2010

फेरि थपियो उच्चस्तरीय कार्यदलको म्याद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १८ - नयाँ संविधान निर्माणका विषयमा विवादित विषय टुंगो लगाउन गठित उच्चस्तरीय कार्यदलको म्याद बिहीबार दोश्रोपटक थपिएको छ । बिहीबार बसेको संविधानसभाका २७ दलको बैठकले कार्यदलको म्याद मंसिर २५ गतेसम्म थपिएको छ । कार्यदलको पहिलो पटक थपिएको म्याद बिहीबार नै सकिँदै थियो । असोज अन्तिम साता गठन भएको कार्यदलको म्याद पहिलोपटक कात्तिक ७ गते सकिएको थियो । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा भएको संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूको बैठकले विवाद समाधानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा सात सदस्यीय समिति बनाइएको थियो ।

No comments: