News

Nov 13, 2010

सभापति कोइरालाद्वारा सुकी रिहाइको स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले म्यानमारको प्रजातान्त्रिक आन्दोलनकी नेत्री आङसाङ सुकीलाई नजरबन्दबाट मुक्त गरिएकोमा आफू र आफ्नो पार्टीको तर्फबाट हार्दिक स्वागत गर्नुभएको छ ।सभापति कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ-म्यान्मार सरकार यसकारण पनि धन्यवादको पात्र छ, नोवल शान्ति पुरस्कार विजेता नेत्री सुकी अब पूर्ण स्वातन्त्रापूर्वक आफ्नो राजनीतिक गतिविधिमा सरिक हुन पाउनु हुनेछ र उहाँमाथि कुनै पनि प्रकारको अङ्कुश लगाउने छैन भन्ने आशा राखेको छु ।उहाँको रिहाइले संसारभरिका प्रजातन्त्रवादीलाई अत्यन्त खुशीको सन्देश भएको उल्लेख गर्दै यसबाट कुनै पनि तानाशाही, शक्तिमाथि लोकतान्त्रिक शक्तिको विजयी अवश्यम्भावी हुन्छ भन्ने सन्देश गएको सभापति कोइरालाले बताउनु भएको छ ।सुकीको रिहाइले एसियाली राजनीतिमा ठोस सकारात्मक प्रभाव दिएको बताउँदै उहाँले लोकतन्त्र, मानव अधिकार, वैयक्तिक स्वतन्त्रताको दिशामा यो एउटा महत्वपूर्ण फड्को हुने उल्लेख गर्नु भएको छ ।विज्ञप्तिमा म्यान्मारका जनताले आफ्नो नेताको रिहाइका निर्बाध खुशी मनाउन, भेट गर्न र सहानुभूति एवम् समर्थन दिँदा कुनै पनि प्रकारको दमन र कठिनाईको सामना गर्नुपर्ने छैन भन्ने ठानेको छु भन्नु भएको छ ।

No comments: