News

Nov 13, 2010

चिकित्सकको आन्दोलन स्थगित, सबै सेवा सुचारु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा,स्थानीय प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभुति दिलाएपछि पोखरा मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरु आजबाट काममा फर्किएका छन् ।आज दिउँसो जिल्ला प्रहरी कार्यलय कास्कीमा चिकित्सकको टोली र प्रहरीबीच भएको छलफलमा प्रहरीले सुरक्षाको प्रत्याभुति दिलाएपछि चिकित्सकहरु काममा फर्किन राजी भएका हुन् । बिरामीका आफन्तहरुले अस्पतालमा तोडफोड र चिकित्सकहरुलाई दुर्ब्यबहार गरेकोमा आफूहरु असुरक्षित भएको भन्दै चिकित्सकहरुले शुक्रबारदेखि पोखरा मणिपाल शिक्षण अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए ।सुरक्षाको प्रत्याभुति र अस्पताल तोडफोडमा संलग्नलाई कारबाहीको माग सहित आज दिउँसो जिल्ला प्रहरी कार्यलय कास्कीमा पुगेका डाक्टर दीपक कोईराला सहितको चिकित्सकहरुको टोलीलाई कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक पुष्कर कार्कीले सुरक्षाको ग्यारेन्टी दिएर अस्पताल तोडफोडमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आज दिउँसो साढे १ बजेदेखि अस्पतालका सबै सेवा सुचारु भएका हुन् ।मणिपाल अस्पतालबाट काठमाडौ रिफर गरिएका मणिराम शर्मालाई बाटोमा अक्सिजन प्रयोजनको लागि दिइएको दुईवटा अक्सिजन सिलिन्डर खाली भएको भन्दै बिरामीका आफन्तले अस्पतालको आईसियु कक्षमा तोडफोड गरेका थिए । तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments: