लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १७ - वनमन्त्री दीपक बोहराले आफूले रुचाएका वन विभागका तत्कालिन महानिर्देशक माधव आचार्यको रिट सर्वोच्च अदालतले खारेज गरेपछि त्यसको रिस आफ्नै मन्त्रालयका एक सहसचिवमाथि पोखेका छन् । सर्वोच्चको आदेश अनुसार, सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा हाजिर हुन तत्कालिन महानिर्देशक आचार्यलाई मन्त्रालयबाट पत्र पठाएबापत वनका सहसचिव डा. अन्नपूर्णानन्द दासले मन्त्री बोहराबाट गालीगलौज शैलीमा हप्की खानु परेको छ । आचार्यलाई मन्त्री बोहराले वन विभागको महानिर्देशकमै राख्न चाहिरहेका बेला सर्वोच्च अदालतले उनलाई पुरानो काम -वन महानिर्देशक) मा फर्किन दिएको अन्तरिम आदेश १९ दिनपछि गत १० कात्तिकमा खारेज गरिदिएको थियो ।
No comments:
Post a Comment