लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीय निर्वाचनमा १५ औं पटक पराजित हुनु भएको छ । व्यबस्थापिका संसदमा सोमबार भएको मतदानमा पौडेलको पक्षमा जम्मा ९६ मत परेको थियो । १ सय २९ मत खसेकोमा पौडेलको विपक्षमा २ र तटस्थमा ३१ मत परेको थियो ।१६औं चरणको मतदान आगामी १८ गते दिउँसो ३ बजे हुने भएको छ । कागे्रसले १६ औ चरणको निर्वाचन तिहार पछिगर्न प्रस्ताव गरेपनि माओवालीले सहमति नजनाएका कारण १८ गते १६ औ चरणको मतदान हुने भएको हो ।प्रधानमन्त्री निर्वाचन लम्बिदै जादा संसदमा सभासदहरुको उपस्थिति पातलिएको छ । संसदमा कागे्रसका ११३ सभाषद रहेपनि मतदानमा ९६ जनामात्र उपस्थित थिए ।व्यबस्थापिका संसदमा गत साउन ५ वाट सुरु भएको प्रधानमन्त्री निर्वाचनमा माओवादी उमेदवार पुष्पकमल दाहाल प्रचण्डले उमेदवारी फीर्तालिएपछि पौडेल एक्ला उमेदवार हुनुहुन्छ ।प्रधानमन्त्री निर्वाचनपछि प्रधानमन्त्रीका एक्ला उमेदवार पौडेलले सहमतिको लागि प्रयास नभएको आरोप लगाउनुभएको छ । सहमति गर्नुपर्छ भन्ने दलहरुले सहमतिका लागि गम्भीर छलफल गर्न नचाहेको उहाँको गुनासो थियो ।यस्तै एमाले अध्यक्ष झलनाथ खनालले दलहरुबीच सहमति गर्नुको विकल्प नभएको बताउनुभयो ।प्रधानमन्त्रीले राजीनामा दिएपछि सो पदका लागि गत साउन ५, ७, १७ र २२, भदौ ७, २० र २२, असोज १०, १४, २०, २१ र २४, कात्तिक ९ र १२ तथा आज गरी १२४ दिनको अवधिमा पन्ध्रौं पटकसम्म प्रधानमन्त्री छनोटको प्रयास भइसकेको छ ।
No comments:
Post a Comment