लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ कात्तिक,नेपाली चलचित्रका स्थापित अभिनेता राजेश हमाल, नायिका करिश्मा मानन्धर, तेक्वान्दो खेलाडी दीपक विष्ट र भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीन गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रियल जुसमा लेदो र कीरा भेटिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले हालेको उजुरी छानबिनमा रहेकै वेला सर्वसाधारणलाई भ्रमित पार्न विज्ञापन गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा परेको हो ।
भारतीय बहुराष्ट्रिय कम्पनी डाबर नेपाल र त्यसको उत्पादन रियल जुसको गुणस्तर सम्बन्धमा सरकारले छानबिन गरिरहेको अवस्थामा छानबिनलाई प्रभाव पार्नेगरी भ्रामक विज्ञापन गरेकोले आवश्यक छानबिन गरी कारबाही गर्न र भ्रामात्मक विज्ञापन तत्काल रोक्न माग गर्दै मञ्चले उनीहरूविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको हो । मञ्चको केन्द्रीय कार्यसमिति तथा काठमाडौं र ललितपुर जिल्ला कार्यसमितिले संयुक्त रूपमा उजुरी हालेको हो ।
बजारमा बिक्री-वितरण भइरहेको रियलमा लेउ, लेदो र कीरा फेला परेपछि मञ्चले भदौ २१ गते डाबर नेपाल प्रा.लि. र कम्पनीका सञ्चालकहरू र पदाधिकारीहरूविरुद्ध वाणिज्य विभागमा उजुरी हालेको थियो । उजुरीका विषयमा अहिले छानबिन भइरहेको छ । 'यसरी छानबिन भई गुणस्तर परीक्षण भइरहेको बखत सो कार्यलाई प्रभावित गर्नेगरी चलचित्रमा काम गर्ने, नाफा लिई सामान बेच्ने र खेलकुदमा काम गर्ने व्यक्तिहरूलाई रकम दिई उनीहरूमार्फत विज्ञापन प्रकाशन/प्रसारण गराएको देखिएको छ,' मञ्चले हालेको उजुरीमा भनिएको छ ।

No comments:
Post a Comment