News

Nov 15, 2010

च्याट गर्दा चिनजान यौन दुर्व्यहारको शिकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २९ - उपत्यकाका एक हजार ३८० जना बालबालिकामध्ये ७३८ जनाले मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुर्व्यवहारको शिकार हुने गरेको एक तथ्याङ्कले देखाएको छ । बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपालले सोमबार राजधानीमा सार्वजनिक गरेको "बालबालिकाद्वारा इन्टरनेटको प्रयोग" विषयक अध्ययन प्रतिवेदनमा ४७४ जना बालक र २६४ जना बालिकाले उक्त प्रयोजनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ । सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार अध्ययन गरिएका ती बालबालिकामध्ये ६० प्रतिशत बालबालिकाले अनलाइनमा च्याट गर्दागर्दै चिनजान भएका अपरिचित मान्छेसँग भेट्ने गरेको र तीमध्ये १६ प्रतिशतले सुरुमै यौन दुर्व्यवहारको सिकार हुने गरेको जानकारी दिइन् ।
अध्ययनका क्रममा २२६ जना सार्वजनिक विद्यालयका र ८९७ जना निजी विद्यालयका बालबालिका सहभागी भएको र अन्यले आवश्यक उत्तर नदिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनमा ६८६ बालक र ६९५ जना बालिका सहभागी भएको र उनीहरुमध्ये १.७ प्रतिशतले आफूलाई मनपर्ने वेबसाइट अश्लिल साइट रोजेको पनि संयोजक तुलाधारले बताइन् ।
बालबालिकाविरुद्ध हुने यसप्रकारका दुर्व्यवहारहरुलाई रोक्न सबैमा चेतना फैलाउनुपर्ने र अपराधीलाई कारबाही गर्न बालबालिकाका लागि छुट्टै साइवर अपराधसम्बन्धी ऐन ल्याउनुपर्ने आवश्यकता औँल्याइन् ।
योङ्ग इनोभेसन नामक संस्थाका विभूषण बिष्टले बालबालिकालाई इन्टरनेटबाट हुने दुव्र्यवहारबाट जोगाउन सञ्चार माध्यमको ठूलो भूमिका हुने बताए ।

No comments: