News

Nov 4, 2010

साँढे ९ वर्षिय बालकद्धारा हिमाल आरोहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोलखा,दोलखाका साँढे ९ बर्षका एक बालकले ५ हजार ९ सय २५ मिटर अग्लो रामदुङ हिमालको आरोहण गरेका छन् ।दोलखा जिल्ला गौरीशंकर गाविस वडा नम्बर १ घर भएका बिख्यात आरोहि पेम्वादोर्जे शेर्पाका साँढे ९ बर्षिय छोरा छेतेन शेर्पाले रामदुङ हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । बालक छेतेन सहितको ७ सदस्यीय आरोहण टोलीले बुधबार विहान साँढे ७ बजे दोलखाको रोल्वालिङ हिमश्रृङ्खलामा पर्ने रामदुङ हिमालको शिखर चुमेको हो ।यो आरोहण पछि छेतेन ५ हजार मिटर भन्दा बढि उचाईको हिमाल आरोहण गर्ने सबैभन्दा कम उमेरका बालक भएका छन् । सन् २०११ को अप्रीलमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी गरिरहेका छेतेनलाई रामदुङ हिमाल आरोहणमा मिलेको सफलताले निकै उत्साहित बनाएको उनका बाबु एवं बिख्यात आरोही पेम्वादोर्जे शेर्पाले जानकारी दिनुभयो ।छेतेनको साथमा उनका बाबु पेम्वादोर्जे शेर्पा, १७ बर्षिय काका फूर्वाठिले शेर्पा, बेदिङकै दावायाङ्जु शेर्पा, दोलखा टासिनामका मिङ्मा दोर्जे तामाङ, सोलुखुम्वुका सोनाम शेर्पा र दावाकिपा शेर्पा रामदुङ हिमालको शिखर चुम्न सफल भएका हुन् ।आरोहण पछि आरोहि टोली आज बेस क्याम्प झरेर हिम आरोहीहरुको गाउँ बेदिङमा बसिरहेको छ । हिमाल आरोहणका लागि जानु अघि पेम्वादोर्जेले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी ‘कान्छो आरोही’ को किर्तिमान नेपाल भित्रै कायम गर्नका लागि आफ्ना छोरा छेतेनलाई रामदुङ हिमालमा ‘रिहर्सल’ गराउन लागेको बताउनु भएको थियो ।

No comments: