News

Nov 4, 2010

तीन दल बैठक / बहुमतकै सरकार बनाउन माओवादी आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने भनी वकालत गर्दै आएको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी ले सहमति हुँदैन भने कांग्रेस-एमालेलाई बहुमतकै सरकार भए पनि बनाउन आग्रह गरेको छ।माओवादीले बहुमतको सरकार बनाएर भए पनि बजेट ल्याउनुपर्छ अन्यथा कामचलाउ सरकारबाट बजेट ल्याउन नहुने अडान दोहोर्याएको छ। राजनीतिक गतिरोध अन्त्य गर्ने उद्देश्यका साथ बुधबार प्रधानमन्त्री कार्यालयमा आयोजित माओवादी कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकमा माओवादीले अझै दुई दिन राजनीतिक सहमति गर्नका लागि अधिकतम पहल गरौं र भएन भने मात्रै विकल्प खोजौं भन्ने प्रस्ताव गरेको बताइएको छ।नेकपा एमाले ले भने अब अर्को निर्वाचन नभएसम्म बहुमतको सरकार नबन्ने धारणा राखेको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमति गर्नुबाहेक अर्को विकल्प छैन भन्नुभयो। उहाँले शान्तिप्रकि्रया सत्तासाझेदारी बजेट संकटलगायतका विषयमा गम्भीर छलफल भएको जानकारी दिँदै यथाशीघ्र राजनीतिक गतिरोध अन्त्य गर्ने सहमति भएको उल्लेख गर्नुभयो।

No comments: