News

Nov 5, 2010

उच्चस्तरीय कार्यदलले विवादित ३९ प्रश्नमा सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १९ - संविधानसँग सम्बन्धित विवाद समाधान गर्न गठीत उच्चस्तरीय कार्यदलले विवादित ३९ प्रश्नमा सहमति जुटाएको छ । संविधानसभाका विषयत समितिका प्रवितेदनमा रहेका २ सय १० प्रश्नमा शासकिय स्वरुप, न्याय प्रणाली सहितका महत्वपूर्ण विषयमा विवाद बाँकी छ ।
'समितिमा भएको छलफल र सहमतिलाई २७ दलले उत्साहवर्धकरुपमा लिएका छन् र समर्थन गरेका छन्,' कार्यकाल विस्तार पछि कार्यदल संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने ।
संविधानसंग सम्बन्धित विवाद साघुर्‍याउने काममा महत्वपूर्ण उपलब्धी भएको निष्कर्षसहित २७ दलको बैठकले बिहिबार समितिको कार्यकाल मंसिर २५ सम्मका लागि थप गर्ने निर्णय गरेको छ । यसअघि कात्तिक सात गते ११ दिनका लागि थप गरिएको थियो । समितिले छट पर्व लगत्तै कात्तिक २८ देखि मंसिर ४ सम्म र मंसिर १५ देखि २५ सम्म गरी १५ कार्य दिन तोकेको छ । कात्तिक २८ सम्म तिहार र छठका लागि नेताहरु विदामा बस्नेछन भने मंसिर ५-१५ माओवादीको विस्तारित बैठकका कारण कार्यदलको छलफल प्रभावित हुने छ ।
कार्यदलको कार्यकाल विस्तारसंगै संविधानसभाको कार्यतालिका थप प्रभावित हुने भएको छ । समितिका सदस्यहरुले तत्कालको कार्यतालिका प्रभावित भएपनि आगामी जेठ १४ भित्र संविधान जारी गरिसक्नुपर्ने अन्तिम मिति प्रभावित हुन नहुनेमा जोड दिएका छन् । सभामुख सुवास नेम्वाङ्गका अनुसार कार्यतालिका संसोधनका लागि संविधानसभाको पूर्ण बैठक डाक्ने विषयमा गृहकार्य भइसकेको छैन ।

No comments: