News

Nov 17, 2010

संविधान संशोधन गरेर पूर्ण बजेट ल्याउन २७ दलको सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलको बैठकले सरकारलाई संविधान संशोधन गरेर यही मङ्सिर ३ गते पूर्ण बजेट ल्याउन सुझाव दिएका छन् ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको २७ दलको बैठकले आगामी मङ्सिर ३ गते व्यवस्थापिका-संसद्मा चालु आर्थिक वर्षका लागि पूर्ण बजेट प्रस्तुत गर्नका लागि संविधान संशोधन गर्नुपर्ने सुझाव दिएका छन् ।यसअघि बसेको तीन दलका शीर्ष नेता सम्मिलित बैठकले सरकारलाई बजेट ल्याउन दिने निर्णय पारित गरेपछि सरकार बजेटको तयारीमा जुटिरहेको अवस्थामा संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलको बैठक बसेको हो ।नयाँ सरकार बन्न नसकेपछि वर्तमान सरकारले आर्थिक वर्षको प्रारम्भमा कुल वाषिर्क खर्चको एक तिहाइ (तृतीयांश) को पेश्की बजेट ल्याएको थियो । उक्त बजेटको अवधि सकिँदासम्म पनि राजनीतिक सहमति हुन नसक्दा वर्तमान सरकारले नै पूर्ण बजेट ल्याउने गरी तयारी गरिरहेको छ ।बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्ने, राजनीतिक गतिरोध अन्त्य गर्ने तथा सरकार गठनपछि बजेट ल्याउने भन्ने विषयमा दलहरुबीच पूर्ण सहमति नभएपछि वर्तमान सरकारले ल्याउन लागेको पूर्ण बजेटका बारेमा दलहरुबीच छलफल भएको जानकारी दिनुभयो ।उहाँले बैठकमा सहभागी दलहरुले संविधान संशोधन गरेर पूर्ण बजेट ल्याउनका लागि सरकारलाई सुझाव दिएको बताउनुभयो ।बैठकमा एकीकृत नेकपा (माओवादी) र दलित जनजाति पार्टीले कामचलाउन सरकारकारुपमा रहेको वर्तमान सरकारले संविधान संशोधन नगरी पूर्ण बजेट ल्याउन सक्नेमा जोड दिएका थिए ।बैठकपछि एमाओवादीका नेता देव गुरूङले चालु खर्च र विकास खर्चका लागि नयाँ योजना नल्याएर पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी वर्तमान सरकारले बजेट ल्याउन लागेको जानकारी दिनुभयो ।सरकारले भने नीति तथा कार्यक्रम पुरानै भएपनि बजेट पूर्ण आकारको हुने बताउँदै आएको छ ।

No comments: