News

Nov 6, 2010

राजधानी कोलम्बोमा एउटा ‘प्रेम उद्यान’ बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रीलंका सरकारले मुलुकको राजधानी कोलम्बोमा एउटा ‘प्रेम उद्यान’ बनाउने भएको छ। जहाँ प्रेमी-प्रेमिका बिना कुनै अवरोध एक साथ समय बिताउन सक्ने छन् ।श्रीलंकाको राष्ट्रिय युवा परिषदका अध्यक्ष ललिथ पियुम पेरेराका अनुसार उक्त प्रेम उद्यान यस्तो स्थानमा हुनेछ जहाँ प्रेमी जोडी एकअर्काप्रति आफ्नो विचार व्यक्त गर्न सकुन् । आगामी वर्ष निर्माण सुरु गरिने उद्यान संसद भवन नजिक रहेको नदी किनारमा रहनेछ। जहाँ गीत संगीतको व्यवस्था पनि गरिनेछ।पार्कमा प्रवेशका लागि उमेरको कुनै हद राखिने छैन । तर बालबालिकालाई प्रवेश दिइने छैन । ललिथ पियुम पेरेराका अनुसार उद्यान बनाउने योजना निर्क अघिदेखिको हो तर कार्यन्वयनलाई भने अहिले तिब्रता दिइएको हो।प्रहरीले यो वर्ष श्रीलंकाको दुई प्रमुख सहरको सार्वजनिक स्थलमा प्रेम व्यक्त गरिरहेका सयौ जोडीलाई पक्राउ गरेको थियो ।यो गिरफ्तारीहरुका कारण सरकारलाई निकै आलोचना सहनु परेको थियो। गिरफ्तार गरिएका कतिपय जोडीको मगनीसमेत भइसकेको थियो । र कति त विवाहित थिए । पेरेराका अनुसार प्रशासनको गडबडीका कारण स्वयम जिम्मेवार छ । किनभने यस्ता जोडीका लागि कुनै सहज स्थान उपलव्ध गराउन सकेन जहाँ सहजतापूर्वक मेलमिलाप गर्न सकुन् । उनका अनुसार आधुनिकतातिर अघि बढिरहेको श्रीलंकाका युवा पिढी र पुरानो परम्पराबीच टकरावको अवस्था छ।

No comments: