News

Nov 4, 2010

बलीहाङ तङनामको लागि कियाचु हङकङको बैठक सम्पन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/तान्छोहाङ लाओती
२ नोभेम्बर २०१०को दिन नेपाली महासंघको कार्यलय जोर्डनमा कि.या.चु हङकङले बलिहाङ तङनामको लागि अन्तिम तयारी बैठक सम्पन गरेको छ । सो बैठकमा गतबर्षरु जस्तै यस बर्षपनि बलिहाङ तङनाम भव्यताको साथमा ४ स्थानमा लारिङ्गे र नामलिङ्गे खेल्ने निर्णय गरेको छ ।६ नोभेम्बर मा यनलुङको सांग्रीला करीहाउसमा,७ नोभेम्बरमा याक एण्ड यति जोर्डनमा,८ वानचाई (काठमाडौं स्टोर र २ स्टार स्टोरको प्राङ्गन) मा र ९ गते नोभेम्बरमा चुनवानको टि कप रेष्टुरेण्टमा खेल्ने निर्णय गरेको छ । सांस्कृतिक विभाग सयोजक लाजेशा लिम्बु र विभाग प्रमुख काजीमान मास्वा ले रिपोर्टिङको क्रममा चुम्लुङका कलाकारहरु पूर्णरुपमा तयार भएको र याक एण्ड यति जोर्डनमा भने दिनेश सुब्बाको बिशेष उपस्थितीमा अतिथी कलाकारहरु संग सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जानकारी गराउनु भयो । ११ नोभेम्बर २०१० को दिन बलीहाङ तङनामको समापन र राष्ट्रबिभुती तथा समाज सुधारक श्री फाल्गुनन्द लिङदेनको १२६ औं जन्मजयन्ती डि.एम.पी स्टोरमा सम्पन गर्ने निर्णय गरेको छ । किरात याक्थुङबाहरुको महानचाड चासोक तङनाम १९ डिसेम्बर २०१० को दिन मंकीहिलमा सम्पन गर्ने निर्णय गरेको छ ।

No comments: