News

Nov 8, 2010

भारतीय सुरक्षाकर्मीको ज्यादती बिरोधमा सडक जाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्लाही, कार्तिक २२ - सीमावर्ती बजारबाट घरेलु प्रयोगका समान लिएर आएका नेपालीमाथि भारतीय सुरक्षाकर्मीले सीमाक्षेत्रमा गरेको दुर्ब्यबहारको बिरोधमा पीडितले सोमबार र्सलाही सदरमुकाम मलंगवाको गोरखकाली सीमा प्रहरी चौकी नजिक करिब ४ घण्टा सड्क जाम गरेका छन् । सिमावर्ती सोनबर्षा बजारबाट घरायसी प्रयोगका सामान किनेर मलंगवा र्फकन थालेका मधेसी चिकित्सक समाजका महासचिव डा. रामनारायण साह र उनका भाई बिरेन्द्रलाई भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले दुर्ब्यबहार गरेका थिए । एसएसबीको दुर्ब्यबहारपछि आफ्नो गाडी र सामान सोनबर्षामै छाडेर मलंगवा आइपुगेका उनीहरुले बिरोधमा बन्द गरेका हुन् ।
'भारतीय सुरक्षाकर्मीले दुर्ब्यबहार गरेपछि हामीले पनि सीमाक्षेत्रमा भारतीय सवारीलाई रोक्यौं,' डा. साहले भने, 'उनीहरुको दुर्ब्यबहारको बिरोधमा भएको बन्दमा स्थानीय बासिन्दाले पनि सहयोग गर्नुभयो ।' भारतीय बजारमा नेपालीलाई आबत जाबत गर्दा अभद्र ब्यबहार गर्ने र सवारी समेत रोक्ने गरेको भन्दै बन्दका क्रममा भारतीय सवारीलाई सीमामा रोकिएको थियो ।
सदरमुकाम नजिकै सिमा क्षेत्रमा बन्द भएपछि सशस्त्र प्रहरी उपरीक्षक पद्मसिंह ऐर, नेपाल प्रहरीका नायब उपरीक्ष्ँक युवनारायण बैद्य भारतीय समकक्षीसंग बार्तागर्न सिमाबर्ती सोनबर्षा गएका थिए । बार्तामा नेपाली पक्षले सिमाक्षेत्रमा आवत जाबत गर्दा नेपालीमाथि दुर्ब्यबहार भयो भनेर असन्तुष्टि राखेका थिए । दुबैदेशका सुरक्षाकर्मीबिच भएको बार्तामा डा. साहलाईपनि सहभागी गराइएको थियो । साहका अनुसार भारतीय सुरक्षकर्मीले गल्ती स्वीकार गरी आइन्दा नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

No comments: