News

Nov 13, 2010

प्रधानमन्त्रीले अब माओवादीलाई नकुर्ने / बजेट मंसिर ३

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बजेट ल्याउनका लागि प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) सँग सहमति गर्न नसकेका प्रधानमन्त्री माधवकुमार नेपालले उसको स्वीकृतिबिना नै बजेट प्रस्तुत गर्न अन्तिम गृहकार्य शुरू गर्नुभएको छ। माओवादी अवरोधसँगै संविधानसम्मत रूपमा के-कसरी बजेट ल्याउन सकिन्छ भनी प्रधानमन्त्री नेपालले शुक्रबार कानुनविद्हरूसँग रायसुझाव लिई अन्तिम गृहकार्य थाल्नुभएको हो।छलफलमा सहभागी एक कानुनविद्ले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भने- ँमैले बजेट ल्याउनका लागि माओवादीसँग पटकपटक कुरा गरी सहमति मागेँ तर सो कार्य विफल भयो। अब जसरी पनि बजेट ल्याउनुपर्छ।’त्यसो भनेपछि प्रधानमन्त्री नेपालले अर्थमन्त्री र अर्थसचिवतिर फर्किएर कहिलेसम्म बजेट ल्याउन सकिन्छ भनी प्रश्न राख्नुभएको सम्बद्ध स्रोतले जानकारी दियो। प्रधानमन्त्री नेपालको उत्तर दिँदै अर्थमन्त्री र सचिवले सबै कुरा तयारी भइसकेका कारण आगामी मंसिर ३ गते बजेट ल्याउन सकिने जानकारी गराएका थिए।बजेटका बारेमा सुझाव दिन गएका एमाले सभासद् तथा कानुनविद् अग्नि खरेलले प्रधानमन्त्रीले मंसिर ३ गतेसम्म बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो।

No comments: