News

Nov 1, 2010

मानवअधिकारवादी सन्जालबाट हटाइए सीपी सिंह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगञ्ज, कार्तिक १५ - दुई विद्यार्थी हत्याकाण्डमा प्रहरीले ज्यान मुद्दाको अभियोगमा मुद्दा दायर गरेपछि बाँकेका अधिकारवादीहरुले चन्द्रेश्वर प्रसाद सिंह (सीपी सिंह) लाई मानवअधिकार सञ्जालबाट हटाएका छन् । राष्ट्रिय मानवअधिकार आयोग, नेपालगञ्ज पुनरावेदन बार, गैसस महासंघ , नेपाल मानवअधिकार सगठन, इन्सेक, काहुराष्ट्र लगायत विभिन्न २६ अधिकारवादी संस्थाहरुको सोमवार बसेको वैठकले सिंहलाई उक्त संजालबाट हटाएको निर्णय गरेका हुन् ।
विद्यार्थी कपिल द्विवेदी र लिलाधर भट्टको हत्याकाण्डमा प्रहरीले अधिकारकर्मी भनिएका सिंहलाई ज्यानमार्ने उद्योगमा षडयन्त्रमुलक काम गरेर गर्न लगाएको र संगठित रुपमा अपहरण तथा शारीरिक वन्धकमा संलग्न रहेको अभियोग लगाएपछि अधिकारकर्मीहरुले यस्तो निर्णय गरेका हुन ।
असोज १४ गते अपहरणपछि दुई विद्यार्थीको हत्या गरिएको थियो । पीडित परिवार र पक्राउ परेका अभियुक्तहरुले समेत सिंहलाई हत्याकाण्डमा सामेल भएको बयान प्रहरी समक्ष दिएका थिए । हत्यामा सिंह संलग्न भएको आरोप लागेपछि मानवअधिकारवादी र सामाजिक कार्यकर्ताहरुलाई आफ्नो कार्यक्षेत्रमा काम गर्न समेत कठिन भएको थियो । सवैतिरबाट अधिकारकर्मीको विरोध र आलोचना हुन थालेका वेला स्थानीय शान्ति समितिका सदस्य तथा मानवअधिकार संरक्षण मञ्चका केन्द्रीय सदस्य सिंहमाथि फौजदारी अभियोग अनुरुप कारवाही हुनुपर्ने माग सञ्जालले गरेको छ ।

No comments: