News

Nov 4, 2010

पौडेल १६औ पटक पराजित, अर्को निर्वाचन कात्तिक २९ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रधानमन्त्री पदको निर्वाचनमा १६औ पटक पनि पराजित भएका छन् । एक्लै प्रतिस्पर्धा गरिरहेका पौडेल आज व्यवस्थापिका संसदमा भएको निर्वाचनमा पनि पराजित भएपछि निर्वाचनमा पराजय हुने विश्व रेकर्ड नै कायम गरेका हुन् ।नयाँ प्रधानमन्त्री चयन गर्न आज भएको निर्वाचनमा पौडेलले मात्र ८२ मत पाएका छन् । संसदमा नेपाली कांग्रेसको १ सय १४ सभासद छन् ।१ सय १ सभासद् उपस्थित निर्वाचनमा २ मत विपक्षमा परेको थियो भने १७ सभासद् तटस्थ बसेका थिए । सातौं चरणबाट एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी फिर्ता लिएपछि पौडेल एक्ला उम्मेदवार प्रतिस्पर्धामा छन् । बहुमतभन्दा बढी अर्थात् ३ सय ४५ मत बोकेका माओवादी र एमाले चुनावमा सहभागी नभएपछि यो अवस्था आएको हो ।प्रधानमन्त्री माधवकुमार नेपालले असार १६ गते राजीनमा दिएपछि मुलुक कामचलाउ सरकारका भरमा छ ।प्रधानमन्त्री चयनका लागि १७ औं चरणको निर्वाचन भने तिहारपछि मात्र हुने भएको छ । कार्यव्यवस्था परमर्श समितिको बिहीबार बिहान बसेको बैठकले कात्तिक २९ गते दिउँसो ३ बजेका लागि नयाँ निर्वाचन मिति तय गरेको छ ।

No comments: