News

Nov 9, 2010

एमालेले नयाँ प्रस्ताव ल्याउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले एकअर्कालाई स्वीकार गर्न नसक्दा गतिरोध लम्बिएको भन्दै एमालेले दुवैलाई मान्य हुने प्रस्ताव भोली बस्ने तीन दलको वैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।शान्ति प्रक्रिया टुंगोमा पुग्ने कार्यतालिका सहितको भरपर्दो आधार नभई सरकार गठन हुन नसक्ने र सरकार गठन नभई शान्ति प्रक्रिया अघि बढ्न नसक्ने माओवादी-कांग्रेस अडानका कारण मुलुक भड्खालोमा पुग्न लागेको भन्दै सहमतीका लागि दुवैलाई मान्य हुने प्रस्ताव एमालेले तयार गरेको हो ।यद्यपी सो प्रस्तावका बारेमा एमालेले केही बताएको छैन । हात्तिवन रिर्सोटमा भएको छलफल र गतिरोध अन्त्यका लागि भोली बस्ने तीन दलको बैठकमा पार्टीले खेल्ने भूमिकाका विषयमा एमाले शिर्ष नेतृत्वले आज छलफल गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा एमालेका शिर्ष नेतृत्वबीच आज विहान छलफल भएको हो । बैठकमा सहभागि एमाले नेता भरतमोहन अधिकारीले भोली हुने तीन दलको बैठकमा कसरी सहमती कायम गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल र स्थायी समिति सदस्य भरतमोहन अधिकारीको सहभागिता रहेको थियो ।आन्तरिक छलफल गरे लगत्तै एमाले अध्यक्ष झलनाथ खनाल र नेता भरतमोहन अधिकारीले कांग्रेस सभापति सुशिल कोइरालासाग छलफल गर्नु भएको थियो ।

No comments: