News

Nov 14, 2010

१६ औँ राष्ट्रिय बिभूतिको जन्म जयन्ति हङकङमा पनि

लिम्वूवान डट व्लगस्पोट डटकम/तुमसा तुलक हाङ
राष्ट्रिय बिभूति मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्द ज्यूको १२६ औँ जन्म जयन्ति किरात धर्म तथा साहित्य उत्थान सँघ राष्ट्रिय समिति हङकङको आयोजनामा २०६७ साल कार्तिक २५ गते किरात माङहीममा अत्यन्त भब्यताका साथ मनाइयो । उक्त जन्म जयन्ति कार्यक्रममा सम्पूर्ण किरात धर्मावलम्बि तथा अन्य महानुभावहरुको उपष्थिति रहेको थियो।सो कार्यक्रममा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका कोषाध्यक्ष आङबोहाङ देउमानको उपस्थितिमा महागुरुको तस्बिरमा माल्यार्पण र दियो जलनगरि किरात धर्मको बिधिअनुसार माङसेवाबाट शुरु गरिएको थियो । कोषाध्यक्ष आङबोहाङले हामी किरातीहरुले अहिले सम्म पनि आफ्नो भाग्य नचिनेर ठुलोभूल गर्दैछौँ । यसरी अब पनि घमण्डमै अल्झियोँभने सयौँ बर्षपछाडि पर्ने कुरामा दुइमत नहुने चिन्ता व्यक्त गर्दै आज क्षणीक सुखविलासिता प्राप्ति हुदैमा आफ्नो मौलिकता विर्सनु नहुने भनि सचेत गराउनु भएको थियो साथै मुहिगुम अङसीमाङको सिवा खाहुन समेत प्रकाश पार्नु भएको थियो । अर्को वक्ता माङसेवा सावा आङवोहाङ अनिल ले चौतर्फी विभिन्न मिडिया माध्यमहरु वाट धर्मको प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनुहुदै मुहिगुम अङसीमाङको जिवनी वारेमा व्याख्या गर्नु भयो । त्यस्तै गरि साङदाङगेन वारुमसावा तुम्सा तुलक हाङले सम्पूर्ण किरात धर्मावलम्वि तथा अन्य गैह्र किरात धर्मावलम्विहरुले पनि मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्द ज्यूको १२६ औं जन्मजयन्ति आज संसार भरिनै हर्षोल्लासका साथ मनाउन सुवर्ण अवसर मिलेकोमा अत्यन्त खुशीको अनुभूति गरेको कूरा व्यक्त गर्नु भयो । राष्ट्रिय विभूति अङसीमाङले ज्ञान, विबेक, शिक्षा दिशा सम्पूर्ण मानव जातिलाई दिनु भएको छ । किरात जातिले पनि एक समयमा चक्रवर्ति शासन गरेको इतिहास छदैछ । तर बिडम्वना हामी किरात जातिहरु कुहिरोमा हराएको कागझै भएको अवस्थामा थियौ । आफ्नो धर्म, कर्म, साहित्य, सस्कार, सस्कृति सवै भुलेर अत्यन्तै दयनिय अवस्थामा पुगेको देखि तागेरा निङवाभुमाङले वहालाई यस धरतीमा जन्मअवतरण गराउनु भयो । त्यसै समय देखि किरात जातिहरुमा सुधारको कदम क्रमशः शुरु हुनु थाल्यो । उहाँले आफ्नो ब्यक्तिगत स्वार्थलाई त्याग गरि मानव उत्थानको कर्ममा लागि रहनु भयो । किरातीहरुको हराएको मुन्धुमलाई पुनर्उत्थान गरि लिपिबद्ध बनाउनु भयो । त्यसैले वर्तमान परिबेसमा पनि आफ्नो धर्म कर्म नचिन्नु भोलिको पस्यताप हुनेछ भनि आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।उक्त समारोहमा १२६ औं जन्मजयन्ती मुल समारोह आयोजक समिति नेपाल २०६७ वाट तयार पारिएको मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको सन्दर्भ विषयक पर्चा वितरण गरिएको थियो भने उक्त कार्यक्रम समितिका सचिव लक्सम र्इन्द्र कुमारले सञ्चालन गर्नु भएको थियो । अन्तमा समारोहका सभापति नेम्वाङ मोहन मानले दिन दुर्इ गुना रात चार गुना भने झै किरात धर्मले अन्य धर्मको तुलनामा हजारौगुना फडको मारि रहेको संज्ञा दिदै २०५८ सालको राष्ट्रियजनगणना तथ्याङक अनुसार ८,१८,१०६ को संख्यामा पुगि राज्यको चौंथो स्तरमा स्थापित धर्म भएको उल्लेख गर्दै पुनः २०६८ सालको राष्ट्रियजनगणनामा सबैले आफ्नो धर्मको महलमा किरात धर्म लेख्नु पर्ने साथै नेपालमा रहेको आफन्तजनहरुमा पनि यो सन्देस पुर्‍याउनु हङकङवासी सवैमा अपिल गर्नुहुदै सभा विर्सजन गर्नु भएको थियो ।

No comments: