News

Nov 10, 2010

प्रमुख तीन दलको बैठक जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख तीन दलको बैठक बसिरहेको छ । यसअघि बैठक बसेको स्थान काठमाडौंको हात्तीवन रिसोर्टमै बस्ने भनिएको बैठक अन्तिम अवस्थामा आएर गोकर्ण रिसोर्टमा सुरु भएको छ ।तिहार अघि नै दलहरुले गोप्य बैठकबाट सहमतिका प्रयास थालेका थिए । छलफलको एजेन्डाका विषयमा आवश्यक तयारी गरिने बताइए पनि दलहरु विना तयारी फेरि बैठकमा पुगेका छन् ।जारी बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव रामबहादुर थापा, नेपाली काङ्ग्रेसका तर्फबाट सभापति सुशील कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत, र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु सहभागी हुनुहुन्छ ।यसअघि आज बिहान पनि तीन दलको बैठकमा छलफल हुने एजेन्डाका विषयमा नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । सरकार गठन, सरकारको पूर्ण बजेट, शान्ति प्रक्रियालगायतका विषयमा दलहरुबीच सहमति हुन नसक्दा राजनीतिक गतिरोध लामो समयदेखि जारी रहेको छ ।

No comments: