News

Nov 15, 2010

सेक्सबाट पुरुष र महिला दुवैको शरीर निरोगी रहने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एउटा नयाँ शोधका अनुसार नियमित र सफल सेक्सबाट पुरुष र महिला दुवैको शरीर निरोगी रहने गर्दछ। अझ पुरुषको शरीरमा यसको विशेष रुपले सकारात्मक असर पर्दछ।यो शोधको परिणामअनुसार नियमित सेक्सबाट पुरुषहरुको स्वास्थ्य राम्रो रहने गर्दछ। तर यसका लागि आवश्यक छ, आफ्नो सम्बन्धप्रति इमान्दार रहनु।इटालीका शोधकर्ताहरुका अनुसार नियमित सेक्सबाट शरीरमा टेस्टोस्टेरोनको मात्रा बढ्दछ । यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्छ । र, यसको प्रभाव रोगाणुहरुसँग लड्ने क्षमतामा पर्दछ। नियमित सेक्सबाट मुटुसम्बन्धी रोगमा कमी आउछ । पुरुषहरु मुटुसम्बन्धी रोगबाट बढी प्रभावित हुने गर्दछन्। त्यसैले नियमित सेक्सबाट उनीहरुले महिलाको तुलनामा बढी लाभ प्राप्त गर्दछन् ।नियमित सेक्सको सकारात्मक प्रभाव मधुमेहका रोगीहरुमा पनि पर्दछ। सेक्सबाट शरीरमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ र यसबाट मधुमेह रोगी लाभान्वित हुने गर्दछन् । इटालीका डा. रोजेलिन जो कि शोधसंग सम्बन्धित छ का अनुसार नियमित सेक्सबाट पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्दछ । तर, यदि उनीहरु आफ्नो सम्बन्धप्रति इमान्दार रहे भने अन्यथा विपरीत असर पनि पर्न सक्दछ।विवाहित पुरुषले अन्य परस्त्री गमन गरे वा एकभन्दा बढी यौन साथी बनाएमा सेक्सको आननद लिने पुरुषलाई सेक्सबाट शारीरिक लाभ कम प्राप्त हुने गर्दछ। यसको कारण हो-एकभन्दा बढीसँग अन्तरङ्ग सम्बन्ध राख्ने पुरुष लगातार तनावग्रस्त रहन्छन् र हीनभावनाको शिकार हुने गर्दछन् । यसबाट उनीहरुको मुटुमा नकारात्मक असर पर्दछ।अर्कोतर्फ एकभन्दा बढी साथीसँग यौन सम्पर्कले यौन रोगतर्फ पनि लैजाने गर्दछ। त्यसैले स्वास्थ्यवर्द्धक सेक्स उनीहरुका लागि हानिकारक पनि सावित हुन सक्दछ।

No comments: