News

Nov 6, 2010

प्रमुख तीन दलले गरेको प्रयास फेरि विफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २० - राजनीतिक सहमति जुटाउन प्रमुख तीन दलले गरेको प्रयास फेरि विफल भएको छ । तीन दलका शीर्ष नेताबीच बसेको दुई दिने गोप्य बैठक बिना कुनै ठोस निष्कर्ष टुङ्गिएको छ । देशवासी तिहारमा रमाइरहेको बेला तीन दल भने शुक्रबार देखि गोप्य वार्तामा व्यस्त थिए । सिंहदरवारमा भएका बैठकहरुले निष्कर्ष नदिएपछि राजधानीभन्दा करिब १२ किलोमिटर दक्षिण फाकेलस्थित हात्ती वन रिसोर्टमा बैठक बसेको थियो । दलहरु आ-आफ्ना पूरानो अडानमा यथावत रहेपछि सहमति जुट्न नसकेको हो । बैठकपछि निकालिएको तीन दलका शीर्ष नेताहरुद्वारा हस्ताक्षरित वक्तव्यमा बैठक पुनःकात्तिक २४ गते बस्ने भनिएको छ । वक्तव्यमा विगतका सहमति कार्यान्वयन,शान्ति प्रक्रिया,संविधान निर्माण,बजेटको समाधान लगायतका ६ बुँदे कार्यसूची तोकिएको छ । बैठकबाट बाहिरिएका गृहमन्त्री भीम रावलले बैठकमा सकारात्मक छलफल भएको संक्षिप्त प्रतिक्रिया दिए । बैठकस्थलमा पुग्न र नेताहरुसंग प्रतिक्रिया लिन संचारर्कीहरुलाई सुरक्षाकर्मीले रोकेका थिए ।

No comments: