News

Apr 1, 2012

गालीश्राप बगाउँने किरात सत्यहांमा विधिव्दारा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१२ अप्रिल १ तारीख आर्इतबारका दिन किरात धर्म तथा साहित्य उत्थान संघ हंगकंगको तात्वधानमा हंगकंगस्थित मंकी हिलको बीबीक्यू स्पटमा गालीश्राप बगाउँने किरात सत्यहांमा विधिव्दारा सम्पन्न गरीएको छ । सन् २००४ देखि लगातार यो कार्य किरात धर्म तथा साहित्य उत्थान संघ हंगकंगले गर्दै आएको छ । उक्त धर्मका अनुयायीहरु मेख्ली लगाएर धर्मप्रति श्रद्धा प्रदर्शन गरेका थिए । साथै अन्य धर्मका ब्यक्तिहरुको पनि उल्लेखनिय उपस्थिति थियो । किरात मन्धुम अनुसार एकअर्कालार्इ बर्षभरी गाली गरीएका कुराहरु बगाएर पुन सामान्य अवस्थामा आर्इने बिश्वास राखिएको छ । यो कार्य दुर्इ तरीकाले गरीदै आएको छ । सत्यहांमा पन्थ र देवारीहरुबाट । दुबै पक्षलार्इ किराती समाजमा उत्तिक्कै मान्यता दिदै आएकाछन् ।

No comments: