लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारको लामो कसरतपछि पहिलोपटक पशुपतिनाथका पुजारीहरुको मासिक तलबस्केल निर्धारण गरिएकोछ । पशुपतिका मूल पुजारीले अबदेखि मासिक २ लाख ५० हजार पारिश्रमिक पाउने भएका छन् । सरकारले मूल भट्ट र भण्डारीको मासिक तलब भने भिन्दाभिन्दै निर्धारण गरेको छ । कोषले मूल भट्ट पुजारीका हकमा मासिक २ लाख ५० र भण्डारी पुजारीको हकमा भने ३ लाख ५० हजार रुपियाँ तोकेको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार पाशुपत क्षेत्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुजारीहरुले पाउने मासिक तलबस्केलबारे जानकारी गराएको हो । यही चैत २६ गतेदेखि लागू हुने गरी पुजारीहरुको तलबस्केल तोकेको हो । त्यसका लागि कोषले पशुपति क्षेत्र विकास कोष मन्दिर तथा पूजा व्यवस्था नियमावली, २०६८ बनाएको छ । नियमावलीमा भण्डारी पुजारीको कबलमा १ सय १ जना रहेका छन् । ती पुजारीको प्रत्येक ४/४ महिनाको अवधिमा चारवटा कबल रहेका छन् । जसमा भनिभो, दथु, कोफ्ले र मतमण्डिल कबल रहेका छन् ।
No comments:
Post a Comment