News

Apr 2, 2012

राज्य पुनसंरचना प्रतिवेदन उपसमितिमा छलफल हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राज्य पुनसंरचना आयोगले बुझाएको प्रतिवेदन माथि विवाद समाधान उपसमितिमा छलफल हुने भएको छ । संवैधानिक समितिको आज बसेको बैठकले उक्त प्रतिवेदनलाई उपसमितिमा पठाउने निर्णय गरेको हो । सयभन्दा सभासदहरुले ढोकामा धर्ना दिइरहदा बसेको समिति बैठकले कुनै विवादित विषयमा भने सहमति जनाउन सकेन । उपसमितिको थपिएको म्याद आज सकिएको छ । म्याद फेरी थपका लागि संसदको कार्यव्यवस्था परामर्श समितिले निर्णय लिनेछ । एमाले नेता माधव नेपालले राज्य पुनसंरचना आयोगको प्रतिवेदनमाथि कसरी छलफल बढाउने विषयमा बैठकमा छलफल भएको बताए । नेपालले संविधानका लागि सभासदहरुले शुरु गरेको दबाब मुलक अभियान सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

No comments: