लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापामा गएराति पत्रकार यादव पौडेलको हत्या भएपछि प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताएका छन्। नागरिकन्युजकर्मी राजु अधिकारीका अनुसार नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक मोहनकाजीको नेतृत्वमा गएको झापाका सञ्चारकर्मीहरुको टोलीलाई प्रजिअ शर्माले भने - 'छिट्टै अपराधीलाई पक्रन्छौँ।' सञ्चारकर्मीहरुको टोलीले दोषीलाई कानुनी दायरामा ल्याउन, पत्रकार सुरक्षामा ध्यान दिन र दिवंगत पौडेलको परिवारको भरणपोषण राज्यले गर्नुपर्ने माग गरेका थिए। प्रजिअ शर्माले सञ्चारकर्मीहरुको मागबारे गृह मन्त्रालयलाई जानकारी गराउने बताए। घटनाबारे गृह मन्त्री आफैले पनि चासो राखेको उनले बताए। घटनास्थलमा मेची अञ्चलका एसएसपी हेमन्तबहादुर पाल र जिल्ला प्रहरी प्रमुख तारिणीप्रसाद लम्साल अनुसन्धानका लागि रहेको उनले जानकारी दिए।
नियन्त्रणमा लिइएकामा शव भेटिएको पूर्वाञ्चल सेकुवा कर्नर तथा गेस्ट हाउसका सञ्चालक दम्पति सोमनाथ ढकाल र मञ्जु ढकाल, विर्तामोडका युवराज गिरी, दमक १० का योगेश रणपहेली, धरान १८ का रोजन रणपहेली र अनारमणि ३ का गोपाल एक्टेन रहेका छन्। झापाका गएराति हत्या गरिएका पत्रकार यादव पौडेलको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा लगिँदैछ। घटनाको अनुसन्धानका लागि होटल संघका पूर्व अध्यक्ष युवराज गिरीलगायत केही पक्राउ परेका छन्। मोटरसाइकलमा आएका केही व्यक्तिले होटलमा पत्रकार लुकेको छ, मार्नुपर्छ भन्दै राति कराउँदै हिँडेको सुनेको स्थानीय बासिन्दाहरुले बताएका छन्। झापाका पत्रकार यादव पौडेलको गएराति हत्या गरिएको छ। प्रहरीले उनको शव बिर्तामोडको नयाँ बसपार्कमा गएराति १ बजे भेट्तिएको थियो । ३८ वर्षका पत्रकार पौडेल झापाबाट एभिन्युज टेलिभिजनका सम्बाददाता थिए । मोरङ सिजुवा घर भएका पौडेल ६७ वर्षदेखि झापामा बसी पत्रकारिता गर्दै आएका थिए। स्थानीय पत्रिका मेची टाइम्सका पनि उनी संवाददाता थिए। पौंडेलको घाँटीका साथै शरीरको विभिन्न ठाउँमा धारिलो हतियारले प्रहार गरेको भेटिएको छ। पौडेलका श्रीमती उनको हत्या किन र कसले गर्यो भन्ने बारे केही थाहा हुन सकेको छैन। घटनामा संलग्न भएको शंकामा प्रहरीले एक होटल व्यवसायीलाई पक्राउ गरेको छ।
No comments:
Post a Comment