लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपसभामुख पूर्णकुमारी सुवेदीको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको चिनीया टोलीले आजबाट उच्चस्तरीय भेटबार्ता सुरु गर्दै छ । चीनको नेसनले पिपल्स कंग्रेस स्थायी समिति उपाध्यक्ष तथा अखिल चीन महिला महासङ्घका अध्यक्ष चेन जिलको नेतृत्वमा नेपाल आएको १६ सदस्यीय प्रतिनिधिमण्डले आज बाट उच्चस्तरिय भेटबार्ता सुरु गर्ने भएको हो । टोलीले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री र व्यवस्थापिका् संसदको महिला बालबालिका समितिका सदस्य तथा महिला सभासद्हरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । टोली चैत २४ गतेसम्म नेपालेमा रहने बताईएको छ ।
No comments:
Post a Comment