लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनितीक मामिलाका लागि अमेरिकी उपविदेशमन्त्री वेन्डी आर. शर्मन दुई दिने नेपाल भ्रमणको लागि आज काठमाडौं आइपुगेका छन् । उनले भ्रमणका क्रममा वरिष्ट सरकारी पदाधिकारी, राजनीतिक दलका नेता, नेपाली सेनाका नेतृत्व, तिब्बती समुदायका प्रतिनिधि र नागरिक कार्यकर्ताहरुसँग भेटघाट गर्ने अमेरिकी दूतावासले जनाएको छ । काठमाडौं आगमनपूर्व उपविदेशमन्त्री शर्मन भारतको भ्रमणमा थिए । नेपालको भ्रमण पछि उनी बंगलादेशको भ्रमणको लागि जानेछन् ।
No comments:
Post a Comment