लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २२ - प्रधानमन्त्री बाबुराम भट्टराईले झापामा पत्रकार यादव पौडेलको हत्या भएको घट्नप्रति गम्भीर चासो व्यक्त गरेका छन् । भट्टराईले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई टेलिफोन गरेर घट्नामा दोषीलाई कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने जनाएका छन् । प्रधानमन्त्री भट्टराईले पत्रकारको हत्या सामान्य घट्ना नभएको भन्दै लोकतन्त्र र नागरिक अधिकारमाथिको आक्रमणको रुपमा आफूले लिएको भनेका छन् । उनले घट्नाप्रति गहिरो दुःख समेत प्रकट गरेका छन् । गृहमन्त्री विजय गच्छदारले दोषीलाई उम्किन नदिन स्थानीय सुरक्षा संयन्त्रलाई निर्देशन दिइसेको बताएका छन् । उनले महासंघका अध्यक्ष गाउँलेलाई टेलिफोन गरेर घट्नाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
No comments:
Post a Comment