लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा बाबुराम भट्टराईको अगुवाईमा सिंहदरवार सरसफाई अभियान सुरु गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विहिबार आज विहान सुरु भएको सरसफाई कार्यक्रम अन्तर्गत सिंहदरवारमा रहेका सबै मन्त्रालयको सफाई गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । राष्ट्रिय स्वयम सेवा अभियान २०६८ सुरु हुने अघिल्लो दिन सिंहदरवारको सरसफाई गर्न थालिएको हो । भोलि शुक्रबारदेखि सुरु हुने अभियानको बारेमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्दैछ । अपह्रान्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सुरु हुने बैठकमा राष्ट्रिय स्वयमसेवा अभियानलाई प्रभावकारी बनाउने बारेमा छलफल हुनेछ । अभियानको लागि भौतिक तथा आर्थिक सहयोग संकलन, सरकारी योजना तथा रणनीतिको बारेमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।
No comments:
Post a Comment