लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पत्रकार यादव पौडेलको हत्यारालाई कारवाहीको माग गर्दै आज झापाको विर्तामोडमा विरोध जुलुस निस्किएको छ । घटना भएको २४ घण्टा बितिसक्दा पनि प्रहरीले हत्याको कारण तथा हत्याराको बारेमा केहि सार्वजनिक गर्न नसकेको अवस्थामा हत्यारालाई कारवाहीको माग गर्र्दै सो विरोध निस्किएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको नेतृत्वमा निस्केको सो जुलुसले कानुनी सु–शासन र जिउज्यानको सुरक्षाको माग गरेको छ । राजनीतिकर्मी, व्यापारी तथा नागरिक समाजको सहभागी जुलुसमा रहेको छ । राजधानी दैनिक तथा एभिज्यूज टेलिभिजनका संवाददाता यादवको मंगलबार राती पत्रकार यादवलाई कुटपिट पछि तीन तल्ला माथिबाट फ्याकेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
No comments:
Post a Comment