लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पादाङ, इण्डोनेसिया, असोज १७ (रोयटर्स) - 'मलाई मद्दत गर्नुहोस्, म च्यापिएको छु, म घरको भर्याङमा फसेको छु।' नौ सय किलोमिटर पर राजधानी जकार्तामा रहेका आफू बाबुलाई पठाएको एसएमएसले जोनसन चन्द्राको ज्यान जोगिएको छ। त्यही एसएमएसले गर्दा उद्दारकर्मीहरूले चन्द्रा र उनकी श्रीमती भग्नावशेषमा पुरिएको स्थान पत्ता लगाएका थिए। इण्डोनिसियाको बन्दरगाह शहर पादाङका ९ लाख बासिन्दा जस्तै ३० वर्षे चन्द्रा पनि नियमित रुपमा गैरहने भूकम्पको धक्का झेल्दै हुर्किका हुन। इण्डोनेसिया प्रशान्त क्षेत्रको बढी भूकम्प जाने र सक्रिय ज्वालामुखी रहेको 'रिङ अफ फायर' क्षेत्रमा पर्छ। 'सुरुमा मैले 'सानो होला भनेर' सोचेको थिए', चन्द्राले भने। भूकम्प गएको बखत उनी आफ्नै घरको चौथो तल्लामा रहेको औषधी पसलमा थिए। भूकम्पका कारण पूरै घर हल्लिएको थियो। वास्तवमा, त्यो ७.६ रेक्टरस्केलको शक्तिशाली भूकम्प थियो। त्यसको धक्का सयौ किलोमिटर पर सिंगापुर तथा मलेसियासम्म महसुस गरिएको थियो। त्यसले सुमात्राको पश्चिम तटीय क्षेत्रमा विध्वंश मच्चाएको छ। 'भुइँ समेत चलेको थियो र म बाहिर भाग्ने कोसिसमा थिए। त्यसपछि श्रीमती अझै दोस्रो तल्लामा रहेको सम्झे, त्यसपछि म फर्के, भर्याङतर्फ अघि बढे,' उनले भने। 'मैले भर्याङमा एक पाइला मात्रै के राखेका थिए, ईंट्टाको वर्षा ममाथि भयो र म उभिन सकिंन, मैले आफ्नो सन्तुलन गुमाए। दुई सेकेण्ड भित्रै, सम्पूर्ण भवन भत्कियो, तेस्रो तल्लो पहिलो तल्लामा परिणत भयो, त्यसपछि सबैतिर अँध्यारो भयो', उनले भने। चन्द्रा ढोकाको एउटा पाटोको तल परेका थिए त्यसलाई भवनका अन्य वस्तुले थिचेको थियो। उनले मोवाइल फोन गरेर सहयोग माग्ने कोसिस गरे, तर त्यसको कम सिग्नल थियो। 'मैले मेरो परिवार, मेरा साथी, मेरा आफन्तलाई फोन गर्न संभव भएन र म निरास भए। तर तत्कालै मैले टेक्स्ट म्यासेज गर्ने विचार आयो, त्यसैले म कहाँ छु भनेर मैले बुबालाई म्यासेज गरें,' उनले भने। 'पछि मैले मानिसको आवाज सुने, त्यसपछि मैले केही आवाज दिए। मेरी श्रीमतीले चिच्याएर सहयोग मागिंन् र मेलै एउटा किलो भेटे र त्यसैले हिर्काउन सुरु गरे। अन्तमा उनीहरूले मलाई भेटे। मेरो वरिपरिको भग्नावशेष फुटाउने काम सुस्त भएकाले भूकम्पको १० घण्टापछि मात्रै मेरो उद्दार भयो,' उनले भने। भाग्यमानी चन्द्रा र उनकी श्रीमती गम्भीर घाइते भएनन्। 'म अझै भग्नावेशष पल्टाएर केही लुगा वा प्रयोग गर्न योग्य केही सामग्री भेटिन्छ कि भनेर खोजीमा छु,' उनले भने, 'मेरो परिवार र मसँग पर्याप्त मात्रामा खाद्यान्न छ, तर मलाई थाहा छ यो सहरका धेरै मानिसलाई अझै सहयोगको खाँचो छ।'

No comments:
Post a Comment