लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ अक्टोबर, २००९ विराटनगर –‘कैदी-बन्दी एक हौं, कैदी-बन्दीलाई सम्मान गर, दोषीलाई कारबाही गर’ भन्ने विभिन्न नारा सहित कारागारमा रहेका एचआइभी र हेपाटाइटिस रोगले ग्रस्त तीन कैदीलाई लागू औषध गाँजा सेवनमा प्रहरीलेनै सहयोग गरेको आरोपमा मोरङ कारागारका बन्दीहरुले प्रहरी बिरुद्व आज पनि प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण कारागार क्षेत्र तनावग्रस्त बनेको छ। कारागारको छुट्टै कोठामा राखिएका हेपाटाइटिसका रोगी टेके लिम्बू र रमेश ढकाल तथा एचआइभी संक्रमित पुस्त राईसम्म प्रहरी हवलदार मुन्टुक यादवले गाँजा पुर्याउने काम गर्दै आएको कैदीको आरोप छ। यद्यपि यादवले भने उक्त आरोप अस्वीकार गरेका छन्। कैदीहरुले छतमा बसेर विरोध प्रदर्शन गरेका थिए।मोरङ कारागारमा ५ सय ५० कैदी-बन्दी छन् भने असईको नेतृत्वमा १५ जना जनपथ प्रहरी र इन्सपेक्टरको नेतृत्वमा ७५ जना सशस्त्र प्रहरी तैनाथ छ। कैदी-बन्दी विरोधमा उत्रिएपछि मोरङ कारागारको सुरक्षा व्यवस्था बलियो बनाइएको छ। माइकिङमार्फत् कैदी-बन्दीले आन्दोलनप्रति सर्वसाधारणको ध्यान तान्ने प्रयास गरेका छन्। उनीहरुले टिन र थाल ठटाएर चर्को नाराबाजी गरेका छन्। कारागारका जेलर खगेन्द्र गिरीले कैदी-बन्दीको आन्दोलनका विषयमा स्थानीय प्रहरी/प्रशासनलाई जानकारी गराइसकिएको बताए। उनले भने–‘स्थिति नियन्त्रण गर्न प्रयास भइरहेको छ। कारागार प्रशासनले भने विवाद सामसुम पार्न चौकीदार शम्भु चौधरीलाई बर्खास्त गरेको छ। गाँजाको गन्ध आएपछि कैदी-बन्दी, सुरक्षाकर्मी र कारागार प्रशासनको टोलीले उनीहरु बस्ने कोठा खानतलासी गर्दा १५ ग्राम गाँजा बरामद भएको थियो।
No comments:
Post a Comment