लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघियताको बिरोध गर्दै भेरी कर्णाली बन्दको आह्रवन गर्दै हिडेका राष्ट्रिय जनमोर्चाका १४ कार्यकर्तालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । आज कोहलपुर चोकमा सवारीसाधन बन्द गराइरहेका ती कार्यकर्तालाई पक्राउ गरिएको कोहलपुर ईलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले पार्टी केन्द्रिय सदस्य तुत्सीराम सापकोटा, जनमोर्चा बांकेका उपाध्यक्ष गुणनिधी आर्चाय, महिला संघका केन्द्रिय सदस्य बालकुमारी आर्चाय, सदस्य पार्वती कार्की, मजदुर संघका केशव सापकोटा लगायतलाई पक्राउ गरेको छ । यात्रु वाहक गाडीलाई स्कटिङ गर्ने प्रहरी र बन्दकर्ताबिच सामान्य झडप समेत भएको थियो । सडकमा बसेर बिरोध गरिरहेका कार्यकर्ताहरुलाई पक्राउ गरी इलाका प्रहरी कोहलपुरमा राखिएको छ । यस्तै गरी जनमोर्चा कार्यकर्ताले नेपालगञ्जको धम्बोझीचोकमा भे १ प २८०० नम्बरको मोटरसाइकल तोडफोड गरिदिएका छन् । बन्दको आह्रवनले गर्दा आज नेपालगञ्ज बजार पूर्णरुपमा बन्द छ ।
No comments:
Post a Comment