लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यांगुन, चैत २० (एएफपी)- म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीले नेतृत्व गरेको नेसनल लिग फर डेमोक्रेसी पार्टीले आइतबार भएको उपनिर्वाचनमा भाग लिएको ४४ सिट मध्ये ४३ सिटमा विजय हात पारेको बताएको छ। "हामी ४४ मध्ये ४३ सिटमा विजयी भयौँ। उत्तरी शान राज्यको एउटा क्षेत्रको परिणाम हामी पर्खिरहेका छौँ," पार्टीका प्रवक्ता की टोले बताए। उनले पार्टीको आफ्नै अनौपचारिक संयन्त्रबाट विजयबारे थाहा पाएको बताए। आधिकारिक रुपमा निर्वाचनको परिणाम निर्वाचन आयोगले जारी गर्न बाँकी छ।
No comments:
Post a Comment