News

Apr 4, 2012

माओवादी लडाकु समायोजनमा प्रमुख दलहरुबीच सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २२ - माओवादी लडाकु समायोजनमा प्रमुख दलहरुबीच सहमति भएको छ । स्रोतका अनुसार प्रमुख तीन दलका शीर्ष नेताहरुसहित सिंहदरवारमा बुधबार साँझ बसेको सेना समायोजन विशेष समितिको बैठकमा सहमति भएको हो । सहमतिको विस्तृत विवरण आएको छैन । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा अहिले सहमतिको मस्यौदा तयार भइरहेको छ । समायोजन समितिमा विवाद भएपछि शीर्ष नेताहरुसहितको बैठक बसेको हो । दलहरुबीच लडाकु छनोट समिति र तालिम अवधिका विषयमा विवाद थियो । बुधबार नै एमाले संसदीय दलको कार्यालयमा बसेको कांग्रेस-एमालेको बैठकले नेपाली सेनाको व्यवसायिकतामा असर नपर्नेगरी सात बुँदे सहमतिअनुसारै सेना समायोजन हुनुपर्ने अडान नछाड्ने निर्णय गरेको थियो । सेना समायोजन विशेष समितिका संयोजक प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा जारी बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस महामन्त्री महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी छन् ।

No comments: