News

Apr 2, 2012

संघीयता विरुद्ध विभिन्न अञ्चलमा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २० - राष्ट्रिय जनमोर्चाले तोकिएको समयमा संविधान निर्माण,संघीयताको खारेजी र स्थानीय निकायको निर्वाचनको माग गर्दे सोमबार मुलुकका बिभिन्न क्षेत्रमा बन्दको आहृवान गरेको छ । बन्यदका कारण लामो तर छोटो दुरीका यातायात अबरुद्ध छ । सर्वसाधारणले सास्ती भोग्न परेको छ । गुलरियाबाट कमल पन्थीले जनाए अनुसार बन्दका कारण बर्दिया बाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । तर रात्री सेवाका लागि काठमाडौं लगायत ठाउँबाट हिजो छुटेका यात्रु बाहक सवारी साधन भने विहानै गन्तव्य स्थानमा पुगेको प्रहरीले जनाएको छ । बन्दका कारण शिक्षण संस्थान,कलकारखाना समेत प्रभावित भएको छ । सदरमुकाम गुलरिया लगायत राजापुर,भुरीगाउँ, मैनापोखर,बासगढी लगायत ग्रामिण भेगका बजार बन्द रहेको प्रहरीले जनाएको छ । भेरी कर्णालीका संयोजक वासुदेव पोखरेलले संघियता खारेजी गरिएन भने सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

No comments: