लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायतमा भएको एक हाफ म्याराथनमा दौडिएका एक धावकको खेल सकिए लगत्तै मृत्यु भएको छ । रिडिङ हाफ म्याराथनमा सहभागी उक्त धावक गेड क्लार्कको म्याराथन सकिए लगत्तै हृदयघात भएको थियो । रिडिङ फुटबल क्लवको माड्यस्की रंगशालामा फिनिसीङ लाईन पार गर्ने वित्तिकै ३९ वर्षिय धावक क्लार्कलाई हृदयघात भएको थियो । रंगशालामा उपस्थित चिकित्सकहरुले तत्कालै उनलाई प्राथमिक उपचार गराई अस्पताल पु-याएपनि उनलाई बचाउन भने सकेनन् । यसअघि दुई हप्ता अगाडि मात्रै इंग्लीश प्रिमियर क्लव बोल्टनका फुटबल खेलाडी फेब्रिस मुआम्बालाई पनि खेलकै दौरान हृदयघात भएको थियो । हृदयघातपछि ७८ मिनेटसम्म मृत अवस्थामा रहेका मुआम्बालाई चिकित्सकहरुले पुनर्जिवित गराएका थिए ।
No comments:
Post a Comment