लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपसभामुख पूर्णकुमारी सुवेदीको निमन्त्रणामा चिनियाँ जन कांग्रेसकी उपाध्यक्ष चेन झली १६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भोलि नेपाल आउनु हुने भएको छ । अखिल चाइना महिला महासंघकी अध्यक्ष समेत रहेकी चेन संयोजकत्वको टोलीले भोलिदेखि २४ सम्म नेपालको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । टोलीले चैत २३ गते संविधानसभाका सदस्यहरुसँग संविधान निर्माण प्रक्रियाबारे छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
No comments:
Post a Comment