News

Oct 10, 2009

शहीद 'माङ्तोक' को सम्झना र लिम्बुवान आन्दोलनको समीक्षा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङबुङ
जाती मुक्ति आन्दोलनका राष्ट्रिय शहीद राजकुमार आङ्देम्बे 'माङ्तोक्'को दोस्रो वार्षिकी स्मृति दिवश तथा लिम्बुवान आन्दोनलको समीक्षा कार्यक्रम २०६४ असोज २० गते लिम्बुवानका विभिन्न जिल्लालगायत काठमाडौंमा पनि सम्पन्न भयो । लिम्बुवानका विभिन्न जिल्लामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् जिल्ला कार्य समिति र काठमाडौंमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् र संघीय लिम्बुवान महिला परिषद् उपत्यका सम्पर्क समितिको आयोजनामा सो स्मृति तथा समीक्षा कार्यक्रम भएको हो । संविधानसभाको चुनाव अगावै जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थरुहटलगायतका स्वायत्त राज्यहरुको सुनिश्चितता र संविधानसभाको चुनाव पूर्ण समानपातिक निर्वाचन प्रणालीको आधारमा हुनुपर्ने माग राख्दै २०६४ असोज १६ गतेबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले देहव्यापीरुपमा आहृवान गरेको आन्दोलनको क्रम्मा अनावश्यक कर्‍फ्यु लगार्इ लिम्बुवानको झापा केर्खा नजीक कमलखोलामा लिम्बुवान भोल्युण्टियर्स (एलभी) का सदस्य राजकुमार आङ्देम्बे 'माङ्तोक'लार्इ असोज २० गते साँझ ५ बजे सशस्त्र प्रहरीद्वारा सीधै छात्तिमा गोली हानी हत्या गरिएको थियो ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्, खम्बुवान, तामाङसालीङ् र थरुहट स्वायत्त राज्य परिषद्लगायतको निरन्तर आन्दोलन तथा जन दवाबको फलस्वरुप नेपाल सरकारसंग पटक पटक वार्ता भर्इ २०६४ फागुन १८ गते पाँचबुँदे सहमति भएको थियो । सो सहमतिमा संविधानसभामार्फत् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान, खम्बुवान, तामाङ्सालीङ, र थरुहटलगायतका स्वायत्त गणराज्यहरुको संवैधानिक सुनिश्चिता गरिने उल्लेख छ । साथै, सोही सहमतिमा शहीद राजकुमार आङ्देम्बे 'माङ्तोक'लार्इ शहीद घोषणा गर्ने र परिवारलार्इ सहयोग गर्नेलगायतका सहममिसमेत भएका छन् । यसै मुताविक २०६५ मंसिर २५ मा नेपाल सरकार मन्त्री परिषद्को निर्णयानुसार राजकुमार आङ्देम्बे 'माङ्तोक' लार्इ 'लिम्बुवान आन्दोलनको शहीद' घोषणा गर्ने निर्णय गर्‍यो । शहीद 'माङ्तोक' का बुबा, आमा, श्रीमति सुनमाया र छोरी मेन्छिेगेन् 'माङ्तोक्'को सपना साकार हुने दिनको पर्खाइमा छन् । काठमाडौंको संवैधानिक संवाद केन्द्र (सीसीडी) मा सम्पन्न सो शहीदको स्मृति दिवश तथा लिम्बुवान आन्दोलनको समीक्षा कार्इक्रममा बोल्दै संघीय लिम्बुवान राज्य परिषद् उपत्यका सम्पर्क समितिका सल्लाहकार डम्बर तुम्बाहाङ्फेले- संघीय मञ्चले जातीय मुक्ति आन्दोलनको नेतृत्व गरिरहेको, र हामी भोलि को ठूलो हुनेभन्दा पनि कसरी हामीले चाहेको स्वायत्त राज्यहरु प्राप्त गर्ने भन्ने सवालमा केन्द्रीत हुनुपर्ने विचार राख्नु भयो । मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का विदेश विभाग प्रमुख तथा उपत्यकाका इञ्चार्ज विशेन्द्र चेम्जोङले शहीदको सपनालार्इ साकार पार्न अझै गहन रुपले सोच विचार गरेर अघि बढ्नु पर्ने आवश्यकता औल्याउनु भयो । सोही कार्इक्रममा बोल्दै संघीय लिम्बुवान राज्य परिषदका महासचिव सूर्य माखिमले 'हुँदैन विहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन देश दुर्इ चार सपुत मरेर नगए' भन्ने कवितांशबाट विषयप्रवेश गर्दै शहीद माङतोकप्रति श्रद्धासुमन व्यक्त गरेर लिम्बुवान आन्दोलनको समीक्षात्मक पाटोमा आफ्नो अनुभव र विचारहरु राख्नुभयो । लिम्बुवान आन्दोलनको समीक्षा गर्नेक्रम्मा महासचिव माखिमले भने- 'जब माङ्तोक र मनिल तामाङहरु मारिन्छन् त्यतिखेर पत्रकार र नागरिक समाज चुप हुन्छन् । तर, जब लिम्बुवान आन्दोलन उठ्छ त्यसको विरुद्धमा कथित नागरिक समाज र पत्रकारहरु नै पनि लाग्ने गर्दछन्, यो बुझिनसक्नु छ लिम्बुवानमा । लिम्बुवान आन्दोलनमा अरु त के स्वयम् लिम्बूहरुनै मार्फत् पनि चलखेल र घुसपैठ भइरहेको छ । लिम्बुवानको सामरिक महत्व छ । अतः लिम्बुवान आन्दोलन सारै संवेदनशील भएर उठाउनु आवश्यक छ । एकात्मकवादीहरु ठान्छन् कि लिम्बुवान आन्दोलनलार्इ निष्तेज पार्न सकेमा नेपालको जातीय मुक्ति आन्दोलनलार्इ नै तुहाउनु सकिन्छ ।'त्यसैगरी, संघीय मञ्चका प्रवक्ता तथा तामाङसालीङ स्वायत्त राज्य परिषद्का महासचिव रविन्द्र थिङले भन्नुभयो- 'राष्ट्रिय मुक्तिको आन्दोलनमा केवल भौतिक शरीरको उपस्थितिमात्र सार्थक उपस्थिति होइन रहेछ र माङ्तोकले आफ्नो ज्यानको आहुती दिए र माङ्तोक लिम्बुवानको लागि हजारौं पटक मर्न तयार रहे । अझै पनि युवाहरु बलिदानीसम्मको त्याग गर्न तत्पर छन् । त्यो त्यागको मूल्य अमुल्य छ । हामीले यसरी त्याग गर्न सकेमा मात्र शहीदको सपना साकार हुनेछ ।'यसैक्रममा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिमले बोल्दै भन्नुभयो- 'वास्तवमा शहीदको सपना भन्नु नै हाम्रो सपना हो । मर्ने त मरेर गए, यहाँ हामीसँग कैयौं जिउँदा शहीदहरु पनि छन् । धेरै घाइते छन्, असक्त छन् । त्यसतर्फ पनि हामीले ध्यान दिनु आवश्यक छ । नेपाल सरकारले हामीसँग ५ बुँदे सहमति गरेर लिम्बुवान, खम्बुवान, तामाङसालीङ र थरुहटलगायतका स्वायत्तत राज्यहरु सुनिश्चित हुने भनी भनेको छ । तर, आज त्यस्को बेवास्ता गरिँदै छ । अहिले हाम्रो मञ्च र स्वायत्त राज्य परिषद्हरुलार्इ बिर्सेर वा बेवास्ता गरेर नेपालको जातीय मुक्ति तथा आदिवासी आन्दोलन सम्भव छैन । हाम्रो आन्दोलन एक्दमै कठीन छ र हामी कठीन आन्दोलनमा उभिएका छौं ।' अतिथिको आसनबाट बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङ्फेले शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अब महिलाहरु पनि यो जातीय मुक्ति तथा आदिवासी जनजातिको हक अधिकार प्राप्तिको लागि राजनीतिक रुपमै अग्रसर भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो । यसरी नै सभाको प्रमुख अतिथिको आसनबाट बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष मण्डल सदस्य तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डी. के. बुद्धिष्टले भन्नु भयो- 'माङतोकलार्इ सरकारले लिम्बुवान आन्दोलनको शहीदको रुपमा घोषणा गर्न बाध्य हुनु भनेको नै लिम्बुवान राज्य स्वीकार्नु हो । लिम्बुवान जातीय मुक्ति आन्दोलनको मुटु हो । आवश्यक परे संघीय मञ्चले सम्पूर्ण शक्ति त्यहाँ लिम्बुवानमा केन्द्रीत गर्नुपर्दछ । अब भिक्टोरिया क्रस पाउने खकुरीहरुले लिम्बुवान खम्बुवान क्रस लिनु पर्दछ ।'अन्तमा, संघीय लिम्बुवान राज्य परिषदअन्तर्गतको तुम्याहाङ परिषदका केन्द्रीय सदस्य तथा परिषद् उपत्यका सम्पर्क समितिका उपाध्यक्ष विष्णु यक्सोले समारोहको सभाध्यक्षको आसनबाट बोल्दै भन्नुभयो- 'जसरी राज्यपक्षबाट लिम्बुवानी योद्धाहरुलार्इ गोली हानी मारियो, त्यो कार्यले मानवअधिकारको हनन् भएको छ, तर यसमा सम्बद्ध निकायहरु चुपचाप छन् ।' लिम्बुवान आन्दोलनको समीक्षा गर्नेक्रम्मा बोल्दै यक्सोले थप्नु भयो- 'अहिले हाम्रो विरुद्धमा हाम्रै दाजुभाइ दिदी बहिनीहरुलार्इ प्रयोग गरिएको छ । जसरी सिंह-सिंह वा बाघ-बाघ लडाइँ गर्दा आखिरमा दुबै हार्छन् र मर्छन् अनि त्यहाँ स्यालको रजाइँ हुन्छ । हाम्रो सन्दर्भमा पनि ठीक त्यस्तै परिस्थितिको सिर्जना गराउन खोजिँदै छ । यसमा हामी सबै बेलैमा सजग र सचेत हुन आवश्यक छ । अहिले सरकारले ल्याएको विशेष सुरक्षा नीतिको धज्जी उडाउँदै यक्सोले भन्नु भयो- 'तर्साएर हाम्रो आन्दोलन कमजोर हुनेछैन । यो त स्प्रिङजस्तै जति दवाब भयो, त्यतिनै यो जातीय संघीयतावादी आन्दोलन चर्किनेछ ।'मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् उपत्यका सम्पर्क समितिका उपाध्यक्ष विष्णु यक्सो अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मञ्च र लिम्बुवानका सचिवालय सदसइ डीबी लिम्बूले शहीदबारे जानकारी स्लाइडमार्फत् प्रस्तुत गरे भने सो कार्यक्रमको सञ्चानल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उपत्यका समितिका उपाध्यक्ष दुर्गा ओख्राबोद्वारा गरिएको थियो ।

No comments: