लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रभावशाली नेता केपी ओलीले माओवादीलाई संसद्मा बहुमत पुर्याएर सरकार बनाउन चुनौती दिनुभएको छ । आˆनो नेतृत्वमा सरकार बनाउने भए संवैधानिक र कानुनी बाटोबाट सरकार बनाउन चुनौती दिँदै उहाँले भन्नुभयो, " माओवादीलाई आˆनै नेतृत्वको सरकार बनाउन इच्छा भए बनाए हुन्छ । संविधानसभामा सबैभन्दा ठूलो दल छौ, ३०१ पुर्याऊ सरकार बनाऊ । रोइकराइ सरकार बन्दैन ।" माओवादीले संसद् अवरोध गरेर बजेटमा छलफल गर्न रोक लगाएको प्रति लक्षित गर्दै उहाँले संवैधानिक तथा कानुनी मार्गहरू अवरोध गर्दै असंवैधानिक मार्गतर्फ मुलुकलाई लैजान माओवादीले प्रयास गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । एमालेको जोरपाटी गाउँ पार्टी कमिटीले सुरु हुन लागेको नेपाल संवत् ११३० र तिहारको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो । माओवादीले नागरिक सर्वोच्चताको झ्याली पिटेर नागरिक सर्वोच्चताको खिल्ली उडाउने कार्य गरिरहेको आरोप लगाउँदै उहाँले देशमा धेरै पटक सामाजिक तथा राजनीतिक परिवर्तन भएको भए पनि संरक्षण गर्न नसक्दा गुमेको उदाहरणबाट पाठ सिकेर सबै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । माओवादीका राजनीतिक गतिविधिप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएका नेता ओलीले मुलुकले निकास नपाउनुमा माओवादी एक्लो दोषी भएको बताउनुभयो । उहाँले भन्नुभयो, "अहिलेको समस्या माओवादी सत्ता कब्जा गर्ने नियतले अगाडि बढेका कारण उत्पन्न भएको हो । माओवादीले सत्ता कब्जा गर्ने उद्देश्य त्याग्नसाथ शान्तिप्रक्रिया पनि सफल हुन्छ र संविधान पनि निर्माण हुन्छ ।"
No comments:
Post a Comment