May 3, 2011
झक्कुलाई झापड हान्नेलाई सार्वजनिक मुद्दा
वैशाख २० - माओवादी सभासद झक्कुप्रसाद सुवेदीलाई झापड हान्ने प्रेमराज देवकोटालाई प्रहरीले मंगलबार सार्वजनिक मुद्दा चलाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले देवकोटालाई ६ दिन थुनामा राख्ने आदेश दिएको छ । तीनकुनेमा पसल गर्दै आएका उनले सुवेदीलाई सोमबार साँझ दुवै गालामा एक/एक थप्पड हानेका थिए । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले उनलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिएको जानकारी दिए । सभासदले घटनाको जानकारी र झापड हानेको प्रहरीलाई लिखित उजुरी दिएका छैनन् । उजुरी नदिए पनि प्रहरी प्रतिवेदन र सञ्चार माध्यममा आएको समाचारका आधारमा मुद्दा चलाएको सिंहले बताए । गोरखा गाईखुर-८ का देवकोटाले आफ्नो पसलभित्रै बोलाएर संविधान बनाउन ढिलाइ गरेको भन्दै सुवेदीलाई दुई थप्पड हानेका थिए । उनलाई बानेश्वर वृत्तमा राखिएको छ । उनको पसल सोमबार साँझबाटै बन्द छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment