News

May 8, 2011

महिला कामदारको सुरक्षाको माग गर्दै लेबनानमा प्रर्दशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २२ - अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा लेबनानमा नेपाली महिला कामदारको सुरक्षा र अधिकारको पक्षमा नेपाली समुदायले प्रर्दशन गरेका छन् । गैरआबसीय नेपाली संघ, लेबनानको अगुवाई भएको प्रर्दशनमा नेपाली सहित बिदेशी नागरीकहरुको पनि सहभागिता रहेको थियो । प्रर्दशनले मुख्य गरी घरेलु महिला कामदारको अधिकारको बारेमा सम्बोधन गरेको थियो । लेबनानमा नेपाली पुरुष भन्दा महिलाहरु बढी छन् । त्यहाँ अहिले कम्तीमा ८ हजार महिलाहरु हाउसमेडको रुपमा कार्यरत छन् । पुरुष कामदार भने पाँचसय मात्रै छन् । 'बढी महिला कामदारको समस्या छ । यहाँको घरमालिक र एजेन्सीबाट हुने शोषणबिरुद्ध सम्पुर्ण नेपाली एकबद्ध भएर लागि परेको छ', गैर अबासीय नेपाली संघ लेबनानका संस्थापक अध्यक्ष दिपेन्द्र उप्रेन्तीले भने-'यसका लागि यहाँको अन्तराष्ट्रिय अधिकारवादी संस्थासँग मिलेर काम भइरहेको छ ।' उप्रेती लेबनानमा स्थापना गरिएको नेपालको अबैतनिक कन्सुलरमा स्वंयसेवीको रुपमा समेत कार्यरत छन् । कन्सुलरले दैनिक जसो महिला कामदारको समस्याबारे जुध्दै आइरहेको छ । हृयुमन राइन्टस् वाचका अनुसार लेबनानमा घरमालिकको शारीरिक र मानसीक शोषणमा परेर प्रत्येक हप्ता जसो एक जना घरेलु महिला कामदारले आत्महत्या गर्दै आइरहेको छ । लेबनानमा यसअघि खुल्ला रुपमा बिरोध प्रर्दशन गर्न प्रहरीले रोक लगाइएको थियो । यसपटक भने एनआरएनको ब्यानरमा उत्साहपुर्बक उनीहरुले नेपाली महिला कामदारको सुरक्षाको लागि आबाज घन्काए । 'हामी यो मेदिवसमा देखिएको उत्साहबाट निकै खुसी भएका छौं', उनले भने-'यसले यहाँको मालिकलाई घरेलुु कामदार बिरुद्ध हुने यातना रोक्न दवाव पुगेको छ ।

No comments: