News

May 19, 2011

म्याद थपको विरोधले राजधानीको यातायात ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ५ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको म्याद थपको विरोधमा संविधानसभा अगाडि बिहीबार अपरान्ह धर्ना दिएको छ । धर्नाका कारण नयाँ बानेश्वर भएर चल्ने यातायात दिउँसो साढे २ बजेदेखि दुई घण्टासम्म ठप्प भयो । संविधानसभाको औचित्य सकिएको भन्दै राप्रपा नेपालले संविधानसभा भवन अगाडि धर्ना दिएको हो । धर्नामा अध्यक्ष कमल थापा, महामन्त्री टंक ढकाल, राजाराम श्रेष्ठलगायतका नेताहरु सहभागी थिए । धर्नाअघि वसन्तपुरबाट सुरु भएको र्‍याली संविधानसभा भवन अगाडिसम्म आएको थियो । राप्रपा नेपालले संविधानसभाको म्याद थप प्रस्तावको विरोधमा बिहीबारदेखि १० दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । उसले जेठ ६ ७ र ८ गते उपत्यकालगायत गाविस र नगरपालिकामा जनसभा गर्ने तथा जेठ ११ देखि १४ गतेसम्म संविधानसभा घेराउ गर्ने कार्यक्रम तय गरेको छ ।

No comments: