News

May 21, 2011

द्वन्द्वकालका मुद्दा फिर्ता लिने तयारीमा सरकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले १० वर्ष द्वन्द्वकालमा राजनीतिक तहमा लागेका मुद्दा फिर्ता लिने तयारीमा सरकार रहेको जानकारी दिनुभएको छ। गृह मन्त्रालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री महराले अन्यायपूवक लगाइएका मुद्दा सरकारले फिर्ता गर्ने विषयमा राजनीतिक दलहरूसँग सहमति लिने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। उहाँले आŠना विरुद्ध पनि अहिले विभिन्न निकायमा मुद्दा रहेकाले त्यस प्रकारका मुद्दा फिर्ता लिनुपर्ने र त्यसका लागि आफूले पहल गर्न लागेको संकेतसमेत दिनुभयो।
माओवादीहरूले कसैप्रति पूवाग्रह नराख्ने बताउँदै राजनीतिक आवरणमा हुने अपराधलाई नियन्त्रण गर्न आफूले मातहतका सुरक्षानिकायलाई निर्देशन दिएको बताउनुभयो। गृह मन्त्रालयमातहतका सहसचिवहरू, उपत्यकामा उपलब्ध रहेका प्रहरी नायब महानिरीक्षक (डीआइजी) सम्मका प्रहरी अधिकृतहरूलाई बोलाई शुक्रबार नै निर्देशन दिनुभएका मन्त्री महराले राजनीतिक आवरणमा हुने अपराध नियन्त्रण गर्न कसैको दबाबमा नपरी कामकारबाही अगाडि बढाउन निर्देशन दिएको बताउनुभयो। जनसुरक्षाको अवधारणासमेत प्रस्तुत गर्दै उहाँले संक्रमणकालीन अवस्थामा स्थानीय प्रशासन र सम्बन्धित सुरक्षानिकायले एकै पटक कानुनको नियमनकर्ता, प्रयोगकर्ताका साथै राजनीतिक, सामाजिक अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने बाध्यता छ भन्नुभयो।

No comments: