News

May 20, 2011

अग्ला सबै हिमाल आरोहण गर्ने मिग्मा पहिलो नेपाली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ६ - आरोही मिग्मा शेर्पाले शुक्रबार विहान कञ्चनजंगा (८५८६ मिटर) हिमालको सफल आरोहण गरेर विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने पहिलो नेपालीको कीर्तिमान कायम गरेका छन् । सबै उच्च शिखर आरोहणको कीर्तिमान कायम गर्न उनी लोकतन्त्र दिवसका दिन बैशाख ११ गते त्यसतर्फ लागेका थिए । मुलुकबाहिरका सवै उच्च शिखर चढ्ने एकमात्र नेपालीको कीर्तिमान पनि उनकै नाममा छ । मिग्माले कंचनजंगाको सफल आरोहण गरेको पर्यटन उद्योग महाशाखाका सम्पर्क अधिकृत तिलक पाण्डेले पुष्टि गरे । 'मिग्माले ८ हजार मिटरभन्दा अग्ला सबै चुचुरा आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमान राखेका छन्,' पाण्डेले भने । संखुवासभाको मकालु हिमालको काखस्थित नुर्वुचौरका ३२ वर्षीय शेर्पाले विहान ५ बजेर २० मिनट जाँदा टुप्पोमा पाइला टेकेको सेटलाईट फोनमार्फत बताए ।

No comments: